नवलपुर। विप्लव नेतृत्वको नेकमा माओवादी सहित चार दलले आह्वान गरेको नेपाल बन्दका कारण नवलपुरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन प्रभावित भएका छन् ।

बन्दका कारण निजी तथा सामुदायिक विद्यालयहरु प्रभावित भएका छन् । उज्यालो खबरलाई प्राप्त सूचना अनुसार जिल्लाका सबैजसो संस्थागत विद्यालयहरु बन्द गरिएको छ ।संस्थागत विद्यालयहरुले विशेष कारण तथा असहज परिस्थिती उत्पन्न भएकोले आजका लागि पठनपाठन बन्द रहने कुरा जानकारी गराइएको छ भन्ने सूचना जारी गरेका छन् ।

नेकपासँगको सहमति कार्यान्वयनसँगै एमसिसी सम्झौता खारेज गर्नुपर्ने, बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र आफ्नो नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्धा खारेज गर्नुपर्ने माग राखेका छन् ।

सोमबार साँझ देशका विभिन्न स्थानमा मसाल जुलुस निकाल्नुका साथै विरोध प्रदर्शन गरिएको थियो । नेपाल बन्दको घोषणा गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

तपाईको प्रतिक्रिया