गैँडाकोट। नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा नवलपुरको गैँडाकोटमा वडा स्तरीय तीज गित प्रतियोगिता २०७९ को आयोजना हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ९ ले भाद्र १२ गते विहान ११ वजेदेखि वडा स्तरीय तिज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो । कला संस्कृतिको जर्गेना गर्दै नारीहरुको सम्मान गर्नको लागि वडा स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्न लागिएको वडाअध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।

वडा नं. ९ मा रहेको हरी ऊँ सत्संग सदनको सभाहलमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि वडाभित्रका विभिन्न टोल र संघसंस्थाहरुलाई आह्वान गरेको छ । शिक्षा र संस्कृतिको विकासमा समाजको भूमिकाका विषयमा आधारित रहेर प्रतियोगितामा सहभागिता जनाउन सकिने भन्दै वडा कार्यालयले समान किसिमको पोशाकमा सहभागी हुन प्रतियोगीहरुलाई अनुरोध गरेको छ ।

कुनैपनि जाति पेशा, धर्म र लिङ्ग प्रति आक्षेप नलाग्ने तवरको प्रस्तुती दिन आग्रह गर्दै १५ मिनेटको समयावधि भित्र आफ्नो प्रस्तुती सक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समुुहलाई क्रमश : १० हजार , ७ हजार र ४ हजार नगद र प्रमाणपत्रले सम्मान गरिने कार्यक्रम छ । तिज गीत प्रतियोगितामा सहभागि हुन चाहने समूहले भाद्र १० गतेभित्र वडा कार्यालयमा आफ्नो समुहको नाम दर्ता गराउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया