×

नवलपुर । नवलपुरमा एक जना महिला बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ परेकी छन् । कावासोती १० निवासी ४१ वर्षीया सुमित्रा तिमिल्सिना पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार उनलाई उनकै भाइ रविन्द्र तिमिल्सिनाले उजुरी दिएका हुन् ।

तिमिल्सिनाले ९९ लाखको बाउन्स चेक दिएको दाबीसहितको उजुरी दिएपनि १९ लाखको मात्र बाउन्स चेक भेटिएको प्रहरी उपरीक्षक महर्जनले बताए ।प्राइम बैंकको चेक बाउन्स भएपछि उनका भाइ रविन्द्रले कास्कीबाट उजुरी दिएका थिए । तर, तिमिल्सिनालाई नवलपुर प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकी तिमिल्सिनामाथि अदालती कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

केही दिनअघि पक्राउ परेकी तिमिल्सिनासँग ७ महिने बच्चा छ । आमाले बच्चा आफन्तको जिम्मा लगाए मात्र अरुलाई दिन सकिने नत्र दुधे बालक आमासँगै रहने एपसी प्रहरी उपरीक्षक महर्जनले बताए ।

तपाईको प्रतिक्रिया