चितवनमा माघ भित्रै सवारी लाइसेन्स दिनेगरी काम अघि बढ्दै
चितवन–यातायात व्यवस्था कार्यालय चितवनले माघ महिनामै सवारी चालक अनुमति पत्र दिनेगरी काम अघि बढाएको छ। सद्गुरु मोटर ड्राइभिङले हालेको मुद्धामा सर्वोच्च अदालतले उत्प्रेषणको आदेश जारी नगरेपछि यातायात कार्यालयले ट्रायल सेन्टरसँग सम्झौता गरीसकेको छ।
शुन्य रुपैयाँमै ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरसँग यातायात कार्यालयले सम्झौता गरेको हो।
एक पैसा शुल्क लिने प्रस्ताव पेश गरेको सद्गुरु छनौटमा नपरेपछि उसले सर्वोच्चमा यातायात कार्यालय र महालक्ष्...


