×

नवलपुर विशेष

आजबाट नारायणगढ-मुग्लिन सडक मध्यान्न १२ बजे देखि ४ बजे सम्म बन्द

आजबाट नारायणगढ-मुग्लिन सडक मध्यान्न १२ बजे देखि ४ बजे सम्म बन्द
काठमाडौं । नारायणगढ-मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । आजबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा  सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान...

मन्टेश्वरीमा नानीबाबुलाई कसरी अध्यापन गराउने ?

मन्टेश्वरीमा नानीबाबुलाई कसरी अध्यापन गराउने ?
- गणेश अधिकारी  सामान्यतया ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति भनिन्छ । २० औँ शताब्दीमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले प्रारम्भ गरेको यो शिक्षण पद्धति अहिले विश्वभर लोकप्रिय भएको छ । साथै नेपालमा पनि यसको लोकप्रियता चुलिँदो छ । मन्टेश्वरी शिक्षाले विद्यार्थीको चौतर्फी विकासमा सहयोग गर्छ । यस पद्धतिले विद्यार्थीलाई पढाउने भन्दा पनि उनीहरूको क्षमता पहिचान गरी सोहीअनुसार सिकाइको पद...

सहरी विकास मन्त्रीमा चितवन ३ का सांसद विक्रम पाण्डे

सहरी विकास मन्त्रीमा चितवन ३ का सांसद विक्रम पाण्डे
चितवन ।चितवन क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य रहनुभएका राप्रपा उपाध्यक्ष बिक्रम पाण्डे सहरी विकास मन्त्री हुनुहुने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएकोमा उपाध्यक्ष पाण्डे सहरी विकास मन्त्री हुने निश्चित भएको हो । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री र ध्रुबबहादुर प्रधान कानुमन्त्री बन्नुहुने भएको छ । मन्त्रीहरुको सपथग्रहण मंगलबार (आज) दिउँसो १ बजेपछि हुँदैछ ।

नारायणीले धार परिवर्तन गरेसँगै नवलपुरका संरक्षणकर्मी चिन्तित

नारायणीले धार परिवर्तन गरेसँगै नवलपुरका संरक्षणकर्मी चिन्तित
कावासोती  । नारायणी नदीको उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुरतर्फको तटीय क्षेत्रका वासिन्दा र संरक्षणकर्मी चिन्तित भएका छन् ।नारायणघाटस्थित नारायणी नदीको पुलबाट केही किलोमिटर तलशिख्रौलीघाटबाट नदी दुई भङ्गालोमा बाँडिएर बगेको छ । नवलपुरतिर बग्ने भङ्गालोलाई उत्तरी र चितवनतर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ । यतिबेला नारायणी नदीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि नवलपुरतर्फका संरक्षणकर्मी र सर्वसाधारणका लागि भविष्यमा यस...

पत्रकार पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली शभा 

पत्रकार  पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली शभा 
कावासोती ।  आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली शभा गरेको छ ।नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा सोमवार उहाँको फोटोमा माल्यापर्ण, फुल गुच्छा र अविरले श्रद्धान्जली अर्पण गरिएको हो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनु भउका पौडेलको निधनले पत्रकारिकता जगतले ठुलो क्षती ब्यहोर्नुपरेको पत्रकार महासंघ गण्डकी प्रद...

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त
काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए ।

माघे संक्रान्ति मेला भर्न देवघाटमा भक्तजनहरुकाे घुइँचो

माघे संक्रान्ति मेला भर्न देवघाटमा भक्तजनहरुकाे घुइँचो
गैडाकाेट । पवित्र धार्मिकस्थल देवघाटमा आज माघे संक्रान्ति मेला लागेको छ । मेला भर्न हजारौँ भक्तजन बिहानै देवघाट पुगेका छन् । त्रिशुली र कालिगण्डकीको संगमस्थल बेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेलामा सहभागी हुन भारतलगायत विभिन्न जिल्लाबाट तीर्थालु देवघाट आएका छन् । बेणीमा स्थान गर्न एवम् मेलामा सहभागी हुन तीर्थालु आउने क्रम जारी छ । मेलालाई व्यवस्थित बनाउन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको संयोजकत्वमा माघे संक्रान्ति मेला व्यवस्थापन मुल ...

मन्टेश्वरी शिक्षा किन ?

मन्टेश्वरी शिक्षा किन ?
पुष्पा रिजाल गैँडाकाेट ।  नेपालका प्रायः पूर्वप्राथमिक विद्यालयहरूमा अझैसम्म पनि स्कूल तोकेकै दिनबाट लेख्न सिकाउन शुरू गर्ने परम्परा छ । यो गलत शुरुवात हो किनभने अक्षर लेख्न शुरू गर्नु नै सबै कुरा होइन । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा पनि लेख्नलाई चाँडै सिकाउनुपर्छ भन्ने कुरा कतै उल्लेख छैन । नेपाल सरकारले तयार पारेको पाठ्यक्रमको शुरूमै जीवनोपयोगी एवं स्वाबलम्बी सीपहरू हासिल गराउनु यस पाठ्यक्रमको जोड रहेको छ भन्ने उल्लेख छ । त्यसैगरी बालबालिकामा आफूप्रतिको आत्मविश्व...

माघे सङ्क्रान्तिको तयारी : उपभोक्ताको प्रतीक्षामा तरुल व्यापारी [तस्वीर]

माघे सङ्क्रान्तिको तयारी : उपभोक्ताको प्रतीक्षामा तरुल व्यापारी [तस्वीर]
माघे सङ्क्रान्तिका लागि धरान–२ स्थित तरकारी बजारमा व्यापारीले बेच्न राखेका तरुल । माघे सङ्क्रान्तिमा घर तरुल, वन तरुल, तिलको लड्डु, चाकु, घिउ, सखरखण्ड, पिँडालु, फापरको रोटी, खिचडीलगायत परिकार खाने गरिन्छ । तस्वीर : देवेन्द्र कार्की/रासस