×

चितवन सेरोफेरो

चितवनका ३४ जना पत्रकारको सदस्यता नविकरण नहुने

चितवनका ३४ जना पत्रकारको सदस्यता नविकरण नहुने
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखामा आवद्ध रहेका ३४ जना सदस्यहरुको सदस्यता नविकरण नहुने भएको छ । सोमबार भरतपुरमा आफ्नै कार्यालयमा बसेको पत्रकार महासंघको बैठकले ती पत्रकारहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले शाखामा आवद्ध रहेका जना सदस्य मध्ये २०६ जनाको मात्रै नविकरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । महासंघको शुद्धीकरण अभियान अन्तर्गत पत्रकारिता पेशामा कृयाशिल नरहेका सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरि...

भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पीसीआर परीक्षण निःशुल्क

भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पीसीआर परीक्षण निःशुल्क
भरतपुर।  चितवनको भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका संक्रमितको पुनः गरिने पीसीआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ। महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ। महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ। महानगरप्रमुख रेनु दाहालले आइसोलेशमा रहेकाको पीसीआर परीक्षण पनि महानगर आफैँले गर्ने निर्णय गरेको जानकारी ...

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित
चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्...

मदन भण्डारी फाउण्डेशन क्षेत्रीय समिति गठन, सबै पालिकामा गठनको तयारी

मदन भण्डारी फाउण्डेशन क्षेत्रीय समिति गठन, सबै पालिकामा गठनको तयारी
चितवन ।  मदन भण्डारी फाउण्डेशन चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति आज (शुक्रबार) गठन गरिएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । समितिको उपाध्यक्षहरुमा निर्मलकुमार श्रेष्ठ, सजना महतो, सीता भेटवाल, मुकुन्द दुवाडी र भरत भण्डारी रहनु भएको छ । सचिवमा गोमान सिंह लामा, कोषाध्यक्षमा नगेन्द्र उप्रेती र सहसचिवमा कारिराम चौधरी चयन हुनु भएको छ । सल्लाहकार समितिमा मुकुन्द दाहाल, च...

चितवनमा बसेको स्काउटरको भेलाद्वारा संघर्ष समिति गठन

चितवनमा बसेको स्काउटरको भेलाद्वारा संघर्ष समिति गठन
चितवन । चितवनको भरतपुरमा बसेको  स्काउटरको भेलाले शिवप्रसाद बरालको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेको छ । नेपाल स्काउटको वर्तमान कार्यशैली प्रति असहमति जनाउदै समिति गठन गरिएको छ। समितिले स्काउटमा भएको बिसङ्गति र विकृति माथि आवाज उठाउने र स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा गर्ने जनाइएको छ। समितिमा सहसंयोजकमा सचिनजंग कार्की, सदस्यहरुमा इश्वर गुरुङ, सन्तोष बस्ताकोटी, गणेश थापा, गोपी तामाङ, अशोक ढकाल, रामु पाण्डे, सू...

चितवन प्रहरीको एक्सन; दशैमा २० जुवाडे पक्राउ

चितवन प्रहरीको एक्सन; दशैमा २० जुवाडे पक्राउ
चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो । उनीहरुको साथबाट दुई लाख ४६ हजार ७ सय...

कोरोना संक्रमित खैरहनीका वृद्धको भरतपुरमा मृत्यु

कोरोना संक्रमित खैरहनीका वृद्धको भरतपुरमा मृत्यु
चितवन । चितवनमा कोरोना संक्रमित एक पुरूषको आज साँझ मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं १३ निवासी ७३ वर्षका वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो, खोकी तथा श्वासप्रश्वास समस्या भै कार्तिक २ गते अस्पताल भर्ना भएका उनमा ३ गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले वताउनु भयो ।मधुमेहको समेत समस्या रहेका उनको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

चितवनमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो,५३को मृत्यु

चितवनमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो,५३को मृत्यु
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका अनुसार बुधबार दिउँसोसम्ममा संक्रमितको संख्या चार हजार ४३ पुगेको छ । जिल्लामा सबैभन्दा बढी संक्रमितको संख्या भरतपुर महानगरपालिकामा रहेको छ । यहाँ कुल संक्रमितको संख्या दुई हजार ७४० पुगेको छ । हाल एक हजार ३८ जना संक्रिय संक्रमित छन् । एक हजार ६७० जना संक्रमित निको भइसकेका छन् । यस्तै रत्ननगर नगरपालिकामा संक्रमितको संख्या ५१३ पुगेको छ । यहाँ १५४ जना संक्रिय संक्रमित छन् भन...

चितवनमा कोरोनावाट मृत्यु हुनेको संख्या ५० नाघ्यो

चितवनमा कोरोनावाट मृत्यु हुनेको संख्या ५० नाघ्यो
चितवन। चितवनमा कोरोना (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ । आजसम्म जिल्लाभर कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको हो । मृत्यु हुने अधिकांस भरतपुर महानगरपालिकाका छन । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाका मात्रै ३१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै खैरहनी नगरपालिकाका ४ जना , रत्ननगर र राप्ती नगरपालिकाका ६/६ जना, कालिका नगरपालिकाका ५ जनाको मृत्यु भएको छ । माडी नगरपालिका र इच्छाकामना गाँउपालिकाका भने कुनै संक्रमितको मृत...