चितवनको जंगलमा मृत फेला परेकी सुजिताको शवकाे काठमान्डौमा पोस्टमार्टम हुँदै
चितवन । चितवनको राप्ती नगरपालिकाको जंगलमा भेटिएको सुजिता भण्डारीको शवलाई पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ।आइतबार भेटिएको शव सोमबार राति नै जिल्ला प्रहरीले काठमाडौं पठाएको थियो।काठमाडौंस्थित शिक्षण अस्पतालमा अहिले शवको पोस्टमार्टम भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सूर्यबहादुर थापाले स्थानीयको अवरोधका कारण शवलाई पोस्टमार्टमका लागि काठमाडौं पठाउन ढिलो भएको बताए।‘राति नै पठाएको शव ट्राफिक जाममा परेर काठमाडौं पुग्न ढिलो भएछ,’ उनले भने, ‘पोस्टमार्टमको र...


