चितवनमा पोष्ट कोभिडका बिरामी बढ्दै
नारायण अधिकारी
चितवन । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो ।
एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका फिजिसियन डा। भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुनः परीक्षणका लागि आउने गरेका बताउनुभयो । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उनको भनाइ छ ...


