चितवन ।   मृतावस्थामा फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको अन्त्येष्टी गरिएको छ ।आज सोमबार देवाघाटमा परिवारले सुजिताको दाहसंस्कार गरेका हुन् । सुजिताको बुवाले आँशु पुछ्दै सुजितालाई दागबत्ती दिए । दाहसंस्कारमा परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

सुजिताको शव परिवारले आजमात्र बुझेको हो । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बुझेको हो । काठमाडौंबाट शव बुझेपछि चितवनतर्फको देवघाटमा ल्याएर अन्त्येष्टी गरिएको हो ।

परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका भए पनि चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिएपछि परिवारले शव बुझेको हो

तपाईको प्रतिक्रिया