सौराहाबाट ‘सेन्चुरी एडभेन्चर ट्राभल्स’ को पर्यटकीय बस सेवा सुरु
चितवन- सेन्चुरी एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रा.लि.ले सौराहाबाट काठमाडौँका लागि नयाँ पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका सञ्चालक बेलबहादुर थापाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नारायणी यातायातका सञ्चालक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी र वडा नं ६ का वडाध्यक्ष किरण महतोले संयुक्त रूपमा बस सेवाको उद्घाटन गरे।
कम्पनीका म्यानेजर प्रविन पुनले बसमा उपलब्ध सेवाबारे जानकारी दिँदै यात्रुहरूको सुविधालाई प्राथमिकता दिइएको बताए। उनका अनुसार, बसहरू पूर...


