खैरहनीका इमान्दार प्रशासक सापकोटा योजना आयोग सरुवा
चितवन -खैरहनी नगरपालिकामा प्रशासनिक सुदृढीकरण र सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटा राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हालैको निर्णयअनुसार उनी आयोगमा सरुवा भएका हुन्।
इमान्दार, कर्तव्यनिष्ठ र शुशासनप्रति प्रतिबद्ध राष्ट्रसेवकको रूपमा परिचित सापकोटाले खैरहनीमा आफ्नो कार्यकालमा राम्रो प्रशासनिक थिति बसाल्न सफल भएका थिए। नगरपालिकाको आन्तरिक व्यवस्था, सेवाग्राहीमैत्री सेवा प्रवाह ...


