×

चितवन सेरोफेरो

लेखनमै तीज : २५ महिला पत्रकारबीचको प्रतिस्पर्धाबाट चार उत्कृष्ट घोषित

लेखनमै तीज : २५ महिला पत्रकारबीचको प्रतिस्पर्धाबाट चार उत्कृष्ट घोषित
चितवन-  एटुजेड समाचार डटकमले आयोजना गरेको तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम आइतबार भरतपुर–७ स्थित होटल पौवामा सम्पन्न भएको छ। “हरितालिका तीज : पर्व कि प्रदर्शन?” विषयमा आयोजित प्रतियोगितामा पत्रकार कल्पना आचार्य प्रथम भइन्। उनले नगद ५० हजारसहित प्रमाणपत्र प्राप्त गरिन्। यस्तै करुणा देवकोटा दोस्रो भइ २५ हजार, दिप्ती विश्वकर्मा तेस्रो भइ १५ हजार र सिन्धु ढकाल सान्त्वना भइ १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा ...

चितवनमा डाक्टर सवार कार दुर्घटना, उपचारका क्रममा मृत्यु

चितवनमा डाक्टर सवार कार दुर्घटना, उपचारका क्रममा मृत्यु
चितवन-  चितवनको भरतपुर महानगरपालिका–१० स्थित बिशालचोकमा आज बिहान करिब १:३० बजे एक कार आफै अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। बा १५ च ४६९३ नम्बरको उक्त कार रमाइलो चोकबाट बिशालचोकतर्फ आउँदै गर्दा अचानक नियन्त्रण गुमाएर दुर्घटनामा परेको थियो। गाडी चालक भरतपुर महानगरपालिका–२ आँपटारी निवासी २८/२९ वर्षका डा. बिप्लब भट्ट गम्भीर घाइते भई तत्कालै उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो। तर, उपचारको क्रममा बिहान करिब...

सौराहामा प्रहरी हवल्दारले दुई होटल कर्मचारीलाई कुट्दा एक गम्भीर घाइते

सौराहामा प्रहरी हवल्दारले दुई होटल कर्मचारीलाई कुट्दा एक गम्भीर घाइते
चितवन- चितवनको सौराहामा एक प्रहरी वरिष्ठ हवल्दारले रक्सी सेवन गरी होटलमा कार्यरत दुई युवालाई कुटपिट गर्दा एकजना गम्भीर घाइते भएका छन् ।गत शनिबार राति साथीको जन्मदिन कार्यक्रममा रक्सी सेवन गरी मातिएका चित्रसारी प्रहरी बिटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जीवन महतले सडकमा घर फर्किरहेका होटल कर्मचारीलाई रडले प्रहार गरेका हुन् । होटल ड्युटी सकेर मोटरसाइकलमा घर फर्किरहेका बालेश्वर चौधरी र उनका सहकर्मी २६ वर्षीय सन्देश दाहालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । चौधरीले चलाइरहेका ना ...

नारायणी पुलबाट ३२ वर्षीय युवकले हाम फाले

नारायणी पुलबाट ३२ वर्षीय युवकले हाम फाले
चितवन-  भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी पुलबाट बिहिबार साँझ एक युवकले हाम फालेका छन् ।साँझ करिब साढे ७ बजे पुलमा कालो रंगको सुटकेस र खैरो रंगको पछाडि बोकेको ब्याग छोडी ती युवकले नदीमा हाम फालेको चितवन प्रहरीले जनाएको छ । घटनापछि विपद् व्यवस्थापनसहितको प्रहरी टोली खटिएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।प्रहरीका अनुसार हाम फाल्ने व्यक्तिको परिचय कास्की जिल्ला पोखरा महानगरपालिका–९ बस्ने ३२ वर्षीय युनिक श्रेष्ठका रूपमा खुलेको छ ।...

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’ एजुकेशन फेयर सुरु हुँदै

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’ एजुकेशन फेयर सुरु हुँदै
चितवन - ग्रेस इन्टरनेशनलको आयोजनामा ‘एडुभर्स २०२५’ एजुकेशन फेयर सुरु हुने भएको छ । नेपालका प्रमुख शहरहरूमा आयोजना हुने फेयर अन्तर्गत चितवनको नारायणगढस्थित ग्रेस इन्टरनेशनल कार्यालयमा आगामी अगष्ट २९ गतेदेखि कार्यक्रम सुरु हुने ग्रेस इन्टरनेशनल नारायणगढ शाखा प्रमुख गणेश लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन क्यानडाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता रहनेछ । यस्तै सेप्टेम्बर २ मा न्यूजिल्यान्ड, ५ मा अमेरिका, ९ मा अष्ट्रेलिया र १३ मा बेलायतका शैक्ष...

एटुजेड समाचारको ‘तेस्रो तीज विशेष आर्टिकल लेखन’ प्रतियोगितामा २५ जनाको सहभागीता

एटुजेड समाचारको ‘तेस्रो तीज विशेष आर्टिकल लेखन’ प्रतियोगितामा २५ जनाको सहभागीता
चितवन – एटुजेड समाचार डटकमद्वारा आयोजित महिला पत्रकार एवम् सञ्चारकर्मीबीच 'तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता' मा २५ जनाले सहभागीता जनाएका छन् । एटुजेड समाचारले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच "हरितालिका तीज : पर्व कि प्रदर्शन ?" शीर्षकमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरेको थियो । आर्टिकल लेखनका लागि साउन २५ देखी भाद्र ४ गते सम्म समय दिईएको थियो । समयसिमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भाद्र ५ गते एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिएको छ । आयो...

१४ सहसचिव र उपसचिवको सरुवा (नामावली)

१४ सहसचिव र उपसचिवको सरुवा  (नामावली)
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मातहतका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) स्तरका १४ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूचनाअनुसार सहसचिव र उपसचिव तहमा कार्यरत कर्मचारीहरूलाई विभिन्न विभाग, आयोजना र कार्यालयहरूमा जिम्मेवारी तोकिएको हो। मन्त्रालयका अनुसार नियमित कार्यसम्पादनलाई प्रभावकारी बनाउन र जनसेवामा सहजता ल्याउने उद्देश्यले सरुवा गरिएको हो। सरुवा भएका कर्मचारीहरूले चाँडै तोकिएको कार्यालयमा कार्यभार ...

फेरिए १३ जिल्लाका सिडिओ, चितवनका प्रकाश पौडेल बारामा सरुवा

फेरिए १३ जिल्लाका सिडिओ, चितवनका प्रकाश पौडेल बारामा सरुवा
गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्ने निर्णय गरेको हो । यस क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई बारामा सरुवा गरिएको छ । पौडेलले चितवनमा रहेर विभिन्न प्रशासनिक काम, शान्ति सुरक्षा व्यवस्थापन तथा समन्वयकारी भूमिकामा सक्रियता देखाएका थिए । नयाँ सरुवासँगै अब उनले बाराको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । गृहमन्त्रालयले अन्य ज...

गुल्मी चितवन मैत्री समाजद्वारा तीज विशेष कार्यक्रमको आयोजना

गुल्मी चितवन मैत्री समाजद्वारा तीज विशेष कार्यक्रमको आयोजना
चितवन- गुल्मी चितवन मैत्री समाज, भरतपुर–चितवनद्वारा तीज विशेष कार्यक्रम २०८२ को आयोजना गरिने भएको छ। समाजले एक विशेष कार्यक्रमको आयोजना गर्दै समुदायभित्रको आपसी सौहार्द, सांस्कृतिक जगेर्ना र तीज पर्वको महत्वलाई उजागर गर्ने उद्देश्य लिएको छ। कार्यक्रम  भदौ ५ गते विहीबारका दिन बिहान ११:३० बजेबाट सुरु हुने छ। कार्यक्रम स्थल भरतपुर–४ स्थित धर्मचोकको ‘कटेरो पार्टी प्यालेस’ तोकिएको छ। संस्थाले सार्वजनिक रूपमा जारी गरेको निमन्त्रणापत्रमा सम्पूर्ण सदस्य, शुभेच्छुक र चितवनमा बसोबास ...