भरतपुरबासीलाई खुसी र सुखी बनाउछौ : मेयर रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताउनुभएको छ ।८ अौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा औल्याउनु भएको हो ।
मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो ।खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्...


