भरतपुर । चितवनको भरतपुर महानगरपालिका वार्ड न ४ अवस्थित ग्लोरियस एकेडेमी चितवनमा राष्ट्रिय निर्वाचनको झल्को दिने गरी  ग्लोरियस स्कुल निर्वाचन  सम्पन्न भएको छ।
कक्षा ३ देखि १० सम्मका विद्यार्थी मतदाताहरुले आफ्नो स्कुलको कप्तान, उपकप्तान लगायत विभिन्न पदका उम्मेदवारलाई अमुल्य मत दिइ उत्साहित मुद्रामा विद्यालय प्रतिनिधि चुन्नका निमित्त मतदान प्रक्रिया सहभागी भएका छन।
विद्यालयले विगत वर्षदेखि नै निर्वाचन शिक्षाका लागि व्यवहारिक ज्ञान दिदै आइरहेको उक्त निर्वाचन कार्यक्रममा कालिबहादुर गण, भरतपुरका गणपति प्रमुख सेनानी श्री अच्युत घिमिरे र भरतपुर वार्ड न १६ की वार्ड महिला सदस्य श्री दुर्गा सोडारी लगायतको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।

तपाईको प्रतिक्रिया