चितवन ।  माडीको स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ।माडी नगरपालिका वडा नं। ६ स्याउलीबास निवासी अन्दाजी ४५ बर्षका अर्जुन तामाङले खुर्पा प्रहार गरी आफ्नै आमा, अन्दाजी ६० बर्षकी मायादेवी तामाङको हत्या गरेका हुन् ।

घरनजिकैको खेतमा भएको खुर्पा प्रहारबाट तामाङको घाँटी करीब छिनेको र घटनास्थलमै ज्यान गएको हो । मायादेवीलाइ मकैबारीमा लगेर छाेराले हत्या गरेकाे प्रहरीले जनाएकाे छ । आमाकाे हत्या गर्ने अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 

तपाईको प्रतिक्रिया