नारायणगढ–मुग्लिन सडकः चाउचाउ किन्न झरेका बसका सह–चालक खोलामा खसेर बेपत्ता
चितवन–चितवनको नारायणगढ–मुग्लिन सडक खण्डस्थित एक बसका सह–चालक चिप्लिएर खहरे खोलामा बेपत्ता भएका छन् ।
राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा काठमाण्डौबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसको सहचालक कैलाली गोदावरी नगरपालिका बस्ने बर्ष ३५ का तेजबहादुर बोहरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
बसको ढोकाबाट झरेर चाउचाउ किन्न भनेर निस्किएका बोहोरा खहरे खोलामा चिप्लिएर ...


