भरतपुरमा हिंसापीडित महिलाको उपचारका क्रममा मृत्यु
चितवन । भरतपुरमा उपचाररत एक हिंसापीडित महिलाको मृत्यु भएको छ ।राप्ती नगरपालिका– १ पिप्लेकी २७ वर्षीया महिलाको आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । ती महिला गत जेठ २० गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएकी थिइन् ।
उक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका एक पुरूष पक्राउ परिसकेका छन् । प्रहरी प्रवक्ता अ...


