
चितवन । इनार सफागर्ने क्रममा चितवनमा २ जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
मृत्युहुनेहरुमा माडी नगरपालिका वडा नं. ८ का ३० वर्षका शिव राई र सोहि वडाका २५ वर्षका सुर्य गुरुङ रहेका छन् । इनार सफा गर्नेक्रममा निस्सासिएर उनिहरको ज्यान गएको हो ।
इनारमा पसेकाहरुकाे उद्धारकाे क्रममा जम्मा भएका स्थानीयहरु
फोटो :अजित अधिकारी माडी