चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विहान साढे ११ बजे खसेको पहिरो हटाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरीटोलीले सडक डिभिजनसँग समन्वय गरिरहेको छ । यो खबर तयारपर्दासम्म सडक पुर्णरुपमा अवरुद्ध छ ।

तपाईको प्रतिक्रिया