चितवन । चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । टाँडीबाट भरतपुर तर्फ आउदौ गरेको ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनको अनुसार आज बिहान ४ः५५ बजे ना ४ ख २७४८ नम्बरको ट्रकको ठक्करबाट घाइते भएको रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।हाल ट्रक चालक मकवानपुरको हेटौँडा १४ का ४५ वर्षीय धावा थोकर सहित ट्रक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया