चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई संघले आन्तरिक उडानको भाडा बढाएको छ । संघले सबै गन्तव्यका भाडादर वृद्धि गरेसँगैे भरतपुर–काठमाडौंको पनि हवाई यात्रा महँगोभएको छ ।संघले सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरअनुसार भरतपुर–काठमाडौं भाडा २०० रुपैयाँले बढेर टोटल फेयरमा ४ हजार ९३५ रुपैयाँ पुर्याएको छ ।

काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं-भद्रपुर ५७०, काठमाडौं-विराटनगर ४५५, काठमाडौं(धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ। यस्तै काठमाडौं-पोखरा ३०० रूपैयाँले भाडा बढेको छ।यो हवाई भाडादर बुधबारबाट लागू हुने संघले जनाएको छ। निगमले १९ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो।

तपाईको प्रतिक्रिया