चितवन । राप्ती ३ को मर्ताल खोलामा एक ब्यक्ति मृत फेला परेका छन । पानीमा डुबेको अवस्थामा राप्ती ३ बस्ने ३४ बर्षिय कैलाश चेपाङ बुधबार बिहान मृत फेला परेका हुन्।पानीमा डुबेको अवस्थामा स्थानीयले चेपाङको शव देखेपछि प्रहरिलाइ खबर गरेका थिए ।

मृतक चेपाङ छारे रोगको बिरामी  भएको र सोही कारणले घटना घटेको हुन सक्ने अनुमान गरिएको छ । हाल शवको पोस्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया