चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति चितवनले किसानको हितमा काम गर्न माग गरेको छ ।आज १३ वटा बुंदागत माग राखेर तत्काल किसानमैत्री नीति,कार्यक्रम बनाउन माग गरेको हो ।

आम नेपाली जनताले सोचेजस्तो सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै ८५ प्रतिशतभन्दा बढी नेपालीको मुख्य पेसा भनेकै कृषि भएपनि सदैव समस्याग्रस्त अवस्थामा कृषकहरु रहेको भन्दै कृषिलाई सम्मानित पेसा बनाउँदै कुल गार्हस्थ उत्पादनमा वृद्धि गराउनका लागि मागहरु पूरा गर्न आग्रह गरिएको  राप्रपा चितवनका नेता सुलव सिग्दलले बताउनु भयाे ।

२०४६ सालको परिवर्तन, त्यसपछिको दशवर्षे द्वन्द्व र त्यसको पनि अर्को डेढ दशक बितिसक्दासमेत नेपाली जनताले ठूलो जनधनको क्षति व्यहोर्नु परेको भन्दै किसानका समस्या समाधानमा गम्भीर बनेर माथिका माग पूरा गर्न भनिएको छ।परिवर्तनपश्चात नेपाली जनताहरु न सुखी र शान्ति बन्न सकेको, न त सम्वृद्धि नै प्राप्त भएको भन्दै अहिले पनि आम नेपाली जनता भोक, रोग, अशिक्षा तथा बेरोजगारीको समस्याबाट भौतारिराख्दा सरकार गैरजिम्मेवार बनेको बताईएको छ।

नेपाल कृषि प्रधान देश भएपनि अहिले पनि कुल गाहस्थ उत्पादनमा मुख्य भूमिका खेल्ने कृषि क्षेत्र र कृषकहरु राज्यबाट उपेक्षित बन्न पुगेको भन्दै राजनीतिलाइ कमाइ खाने बाटो नभइ जनहितका कार्यमा समर्पित गर्न समेत सो पार्टीले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया