पाँच वर्ष म नहुँदा विकास अवरूद्ध भयो : पूर्वमन्त्री विक्रम पाण्डे
चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा भरतपुर–२६ सिमरीमा बोल्दै नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्यायप्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गर्नुभयोे ।
‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो,’ पूर्वमन्त्री पाण्डेले भन्नुभयो, ‘यसले चितवनवासी आम जनताले घाटा मात्रै व्यहोर्नु पर्याे । त्यसैले अबको नेतृत्वमा विकासवा...


