माडी । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडीवासीको जीत हुने गरी काम गर्ने बताउनु भएको छ । चुनावी प्रचारप्रसारको क्रममा माडी आइपुगेका नेता पाण्डेले वडा नं। ८ स्थित इन्द्रबस्तीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै माडीलाई देशकै नमुना क्षेत्र बनाउने योजना लिएर चुनावी अभियानमा होमिएको बताउनु भएको हो ।
माडीका सबै ठाडा खोलामा तटबन्धन, सुख्खा जमिनमा सिंचाइको व्यवस्था र सडकलाई कालोपत्रे बनाएर माडी छाडेर बाहिर गएका माडीवासीलाई पनि माडीमै फर्काउन मन लाग्ने गरी काम गर्ने बताउनु भयो । कृषि क्षेत्रमा उत्पादन बढाउन हरेक किसानको खेतमा सिंचाइ र बाटोको सहज पहुँच आवश्यक रहेकोले त्यसतर्फ पनि ध्यान गएको उहाँको भनाइ छ ।
‘कमसेकम कसैले घर कहाँ हो भनेर सोधे पनि गर्वका साथ चितवनको माडी हो भन्ने अवस्था सिर्जना गरिदिन्छु,’ उनले दाबीका साथ भने, ‘अहिलेको चुनावमा मलाई जिताउनु भनेको पाँच वर्षपछि माडीवासीको जीत हुनु हो ।’



उज्यालो खबर




