चितवन । चितवनमा एक २२ वर्षिया युवतीको डेङ्गु संक्रमणका कारण मृत्यु भएको छ । लम्जुङ्ग घर भएकी ती युवतीको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार ती युवती आजै अस्पताल भर्ना भएकी थिईन् । उनको आजै मृत्यु भएको हो । अस्पतालले डेंगु संक्रमित भई गम्भीर अवस्थामा पुगेपछि अस्पताल भर्ना भएको जनाएको छ ।

जिल्लाका अस्पतालहरुमा उपचारको क्रममा हालसम्म डेङ्गु संक्रमणका कारण चार जनाको मृत्यु भएको छ । ती मध्ये दुई जना चितवनकै हुन् भने दुई जना छिमेकी जिल्लाका हुन् ।

तपाईको प्रतिक्रिया