
चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् चितवन निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बिक्रम पाण्डेको चुनावी गीत सार्वजनिक भएको छ ।
मंसिर ४ मा भोट हालौ बिक्रम पाण्डेलाई, चितवनको बाँकि बिकास पूरा गर्नलाई बोलको चुनावी गीत सार्वजनिक भएको हो ।
राजकुमार बगरको शव्द र संगीत रहेको सो गीतमा चर्चित गायक रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर भरेका छन् ।लगातार २० वर्षदेखि जनताको साथमा रहेको र जनताको बचन कहिल्लै नतोडेको प्रसंग गीतमा समेटिएको छ ।