चितवन ।  भरतपुर गार्डेन रिसोर्ट होटल प्रा लि।को शनिबार सम्पन्न १२ औं बार्षिक साधारण सभा एबं चौथो अधिबेशनले उत्तमलाल चुकेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको सदस्यमा कमलचन्द्र खनाल, केशब देवकोटा, ऋषिराम पौडेल, भानुभक्त शर्मा, अर्जुन अधिकारी, शंकर प्रसाद कंडेल, कल्याण जोशी र रमेश कुमार पियालाई चयन गरेको छ ।

अधिबेशनले गोरखा गार्डेन र होटल व्यवस्थापन कार्यक्रम हेर्नका लागि प्रतिनिधि चयन गरेको छ । यस्तै लेखा समिति समेत चयन गरेको छ । स्थापनाको समय देखि निरन्तर अध्यक्षको रुपमा रहनु भएका बिनोद कुमार श्रेष्ठले १२ वर्ष पछि नयाँ नेतृत्व हस्तान्तरण गर्नु भएको हो । भरतपुर गार्डेनको मुख्य लगानीमा गोरखामा गोरखा गार्डेन होटल सचालनमा आएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष बिनोद कुमार श्रेष्ठले आफ्नो नेतृत्वमा गरिएका कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । देशका सामाजीक र व्यवसायीक क्षेत्रमा सम्लग्न ६० जनाको लागनीमा भरतपुर नगरपालिका वडा नम्बर १० बिरेन्द्र क्याम्पस अगाडी यो होटल रहेको छ ।मुख्य शहरी क्षेत्रामा रहेर पनि हरीयाली र रमणीय बातावरणमा होटल अबस्थित छ । १ बिगाहा २ कठ्ठा जमिनमा फैलिएको यस होटलमा ४४ कोठा सहित ६ वटा ठूला साना सभाहल र बैठक कक्ष रहेका छन् । होटलमा २ वटा स्विट रुम रहेका छन् ।

नबनियुक्त अध्यक्ष चुकेले होटलका सेवा सुबिधालाई अरु व्यवस्थित बनाएर नमुना होटलको रुपमा निरन्तरता दिईने बताउनुभयो ।थप सेवा सुबिधा दिईने भन्दै उहाँले भबिश्यमा चेनका रुपमा अन्य सहरहरुमा समेत पुग्ने बताउनुभयो । यो होटल जिल्लाको पुरानो र परिचित सुबिधा सम्पन्न होटलका रुपमा रहेको छ । कोलाहल शहरको बिचमा हरियाली र रमणीय बातावरण भएकाले सेवाग्राहीको पहिलो रोजाईमा पर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया