पक्राउ पुर्जी जारी भएपछि जलदेवी सामुदायिक वनका पदाधिकारी फरार
चितवन । चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ ।सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजकसहितका पाँच पदाधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव-डिभिजन अधिकृत शान्ति शर्माले जानकारी दिइन् ।
वन ऐन विरुद्ध हुने गरी ४८ क्युफिट सालको चिरान काठ अवैध रुपमा लुकाएर राखेको भेटिएपछि उनीहरुविरुद्ध मुद्दा...


