चितवन । भारतीय तरकारी नियन्त्रण गर्दै नेपाली उत्पादनलाई जोड दिन माग गर्दै चितवनका किसानहरु आन्दोलित भएका छन् ।

सरकारलाई दवाव दिन भन्दै किसानहरुले आज नारायणगढमा सकडमै तरकारी फ्याँकेर विरोध जनाएका छन् ।भारतीय बजारबाट आएका तरकारीका कारण नेपाली किसानहरुले उत्पादन गरेको तरकारी खेर गैरहेको भन्दै किसानहरु आक्रोसित भएका हुन् ।

नेपाली किसान मार्न पाँइदैन, विदेशी तरकारी तथा फलफुल चाँहिदैन भन्ने नारा सहित उनिहरुले किसान संर्घष समिति चितवन नै गठन गरेका छन् ।संर्घष समितिका संयोजक लेखनाथ भूसालले किसान मारा झोले अनुदान निति बन्द गर्नुपर्ने माग गर्नुभयो ।

फोटोहरु : पत्रकार बद्री अर्याल 

तपाईको प्रतिक्रिया