व्यवसाय चौपट भएपछि चितवनका किसानहरुले सडकमै फाले तरकारी (फोटो फिचर)
चितवन । भारतीय तरकारी नियन्त्रण गर्दै नेपाली उत्पादनलाई जोड दिन माग गर्दै चितवनका किसानहरु आन्दोलित भएका छन् ।
सरकारलाई दवाव दिन भन्दै किसानहरुले आज नारायणगढमा सकडमै तरकारी फ्याँकेर विरोध जनाएका छन् ।भारतीय बजारबाट आएका तरकारीका कारण नेपाली किसानहरुले उत्पादन गरेको तरकारी खेर गैरहेको भन्दै किसानहरु आक्रोसित भएका हुन् ।
नेपाली किसान मार्न पाँइदैन, विदेशी तरकारी तथा फलफुल चाँहिदैन भन्ने नारा सहित उनिहरुले किसान संर्घष समिति चितवन नै गठन गरेका छन् ।संर्घष समितिका संयोजक ले...


