
चितवन । भरतपुरमा निर्माणधिन पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणको ६२ प्रतिशत काम पुरा भएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको सो सडकको हालसम्म ६२ प्रतिशत काम सकिएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले दैनिक १५० भन्दा बढी कामदारले सडक निर्मााण लागि काम गरिरहेका छन् भने आधा दर्जन डोेजरहरु प्रयोग गरिएको छ ।सडक निर्माण अन्तर्गत अहिले विरेन्द्रक्याम्सचोक देखि भरतपुर ओरालोतर्फ सडकको काम तिव्र रुपमा भैरहेको छ ।
भरतपुर महानगरपालिमा पर्ने ६.०८ किलोमिटर सडक विस्तारले यहाँको सवारी चाप कम हुनेछ ।आगामी फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग सम्झौता गरिएको सडक विस्तारको अझै ३८ प्रतिशत बाँकी काम युद्धस्तरमा अगाडि बढने प्रमुख पौडेलले जानकारी दिनुभयो ।
नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सरु भएको हो । जम्मा २८ महिनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत १ अर्ब १२ करोड छ ।