
गैँडाकाेट । मिलनटोल महिला समूह गैँडाकोट १ को चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । समूहका अध्यक्ष सरिता कोइराला (ढकाल)को अध्यक्षता तथा गैँडाकोट नगरपालिका वडा नं. १ का वडा सदस्य सिता सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिक साधारण सभाको विशिष्ट अतिथिमा मिलनटोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइराला रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य सिता सापकोटाले मिलनटोल महिला समूहले गरेका कामहरु प्रशंसायोग्य रहेको भन्दै आगामी दिनमा समेत महिला समूहले राम्रो गर्ने अपेक्षा गर्नुभयो । महिलाहरुको विकासका लागि वडा कार्यालयबाट हुन सक्ने कामहरु गर्न आफु तयार रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा मिलन टोल विकास संस्थाका संस्थापक अध्यक्ष सुनिल ढकाल, मिलन टोल महिला समूहका संस्थापक अध्यक्ष मन्जुदेवी पण्डित, समूहका सल्लाहकार अधिवक्ता शेखरनाथ पोखरेल, लेखा संयोजक गायत्री ढकाल, साँस्कृतिक संयोजक गोमा चालिसे लगायतले मन्तव्य राख्नुभएको थियो ।
साधारणसभामा समूहका कोषाध्यक्ष उषा पराजुलीले आार्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव कमला खनालले गर्नुभएको थियो ।विस २०७५ सालमा स्थापना भएको मिलनटोल महिला समूहमा १५० जना महिला दिदिवैनीहरु आवद्ध रहेका छन् ।