
गैँडाकोट । गण्डकी प्रदेशका मुख्य मन्त्री ने पृथ्वीसुव्वा गुरुङ विहिवार नवलपुर आउदै हुनुहुन्छ । कावासोती नगरपालिका वडा नं. ५ पाचँकठ्ठामा मिलन घर गुम्वाको पामे उद्घाटन गर्नका लागि मुख्यमन्त्री गुरुङ नवलपुर आउन लागेको नेकपा नवलपुरका अध्यक्ष रोषन बहादुर गाहा मगरले जानकारी दिनुभयो ।
नेकपाका अध्यक्ष ओलीका प्रीय पात्र मानिने मुख्यमन्त्री गुरुङ पार्टि विभाजन जस्तै भएपछि पहिलोपटक नवलपुर आउन लाग्नु भएको हो । मुख्यमन्त्री गुरुङलाई नवलपुर प्रवेशको सिमा गैँडाकोटमा युवासंघले स्वागतको तयारी गरेको छ ।