नवलपुर जिल्ला, गैडाकोट–२ स्थित नारायणी टोलमा रास्वपाको आयोजनामा आज हस्ताक्षर कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा गण्डकी प्रदेश सभापती राजन गौतम जिल्ला सभापति नरेशवर लामिछाने नगर सभापति बिमल घिमीरे र वडा सभापति शिब लम्सालको उपस्थिती रह्यो।
कार्यक्रममा करिब ४५० जनाले हस्ताक्षर गरी रास्वपाको अभियानमा आफ्नो समर्थन जनाएका छन्। स्थानीय समुदायबाट प्राप्त सकारात्मक सहभागिताले आगामी अभियानलाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
रास्वपा निरन्तर जनसमर्थन जुटाउँदै जनहितका कार्यहरूमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ।



उज्यालो खबर




