×

चितवन । चितवन प्रहरीले स्कुल भित्रै जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई बिहीबार दिउँसो १ बजे पक्राउ गरि प्रहरीले आज विवरण सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक खैरहनी–२ का वर्ष ५० का विष्णु सिलवाल,  खैरहनी–२ का वर्ष ३९ का राजकुमार गुरुङ,  खैरहनी –२ का वर्ष ६५ का ऋषिजन के.सी,   खैरहनी–२ का वर्ष ३६ का उमेश के.सी. , खैरहनी–२ का वर्ष ४५ का गुणराज केसी,  खैरहनी–२ का वर्ष ४३ का तिलक श्रेष्ठ , खैरहनी–३ का वर्ष ४२ का राजु थापा  रहेका छन् ।

यस्तै खैरहनी–२ का वर्ष ४२ का राम थापा , खैरहनी–२ का वर्ष ३८ का शिव , खैरहनी–२ का वर्ष ३८ का बलराम सिलवाल र खैरहनी–२ का वर्ष ६१ का बेनी के.सी. रहेका छन् ।

तपाईको प्रतिक्रिया