×

समाचार

विप्लव समूहको बर्बरता : शिक्षकको घाँटी रेटेर हत्या

विप्लव समूहको बर्बरता : शिक्षकको घाँटी रेटेर हत्या
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका १, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए । त्यसक्रममा श्रेष्ठको शव...

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँने 

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँने 
काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ ।नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ । चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । द...

 कोरोनाका कारण  बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

 कोरोनाका कारण  बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
काठमाण्डौ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिए पनि चतुर्दशीको बिह...

ईयूले भन्यो : नेपालको हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भयो

ईयूले भन्यो : नेपालको हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भयो
काठमाण्डौ। युरोपेली युनियन ईयूले नेपालको हवाई क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको छ । हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै ईयूले यस्तो प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले गर्दा यहाँको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो । यसको ...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप
काठमाण्डाै - नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालू आव २०७७/७८ मा विनियोजित बजेटअन्तर्गतका काम ...

कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । काठमाडौं र दाङमा २, २ जना, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की, चितवन र कैलालीका १र१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् । काठमाडौंकी ६८ वर्षकी महिलाको मंसिर १८ गते मृत्यु भएको छ । कात्तिक ३० गते संक्रमण पुष्टि भएकी उनी मंसिर १८ गते नै अस्पताल भर्ना भएकी थिइन् । काठमाडौंका ५६ वर्षका पुरुषको मंसिर १९ गते मृत्यु भएको छ । मंसिर ८ गते संक्रमण पुष्टि भएका उनी ...

काठमाडौंको गोकर्णेश्वरमा आमा -छोरी मृत फेला, श्रीमान अचेत

काठमाडौंको गोकर्णेश्वरमा आमा -छोरी मृत फेला, श्रीमान अचेत
काठमाडौं ।काठमाडौंको गोकर्णेश्वरमा आमा(छोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धकाप्रमुख डीएसपी नवीन कार्कीले जानकारी दिए । शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको जानकारी कार्कीले...

थप १३४३ जनामा कोरोना सङ्क्रमण, २१११ जना डिस्चार्ज

थप १३४३ जनामा कोरोना सङ्क्रमण, २१११ जना डिस्चार्ज
काठमाण्डौ – नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ । बिहीबार थप एक हजार तीन सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ११ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २० हजार एक सय ६१ पुगेको छ । अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ७६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । ...

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या
काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए । ‘आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो,’ सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।’ हुम्ला सदरमुकाम सिमकोटको माथिल्लो बजा...