Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ – चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ ।

सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा। चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिनुभयो । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो ।

एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने पनि उहाँले बताउनुभयो । हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेको पोखरेले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया