निषेधाज्ञा तोडे पछि कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए। ‘उहाँ ले सुरक्षा घेरा तोड्नुभयो,’ प्रजिअ आचार्यले भने, ‘नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका छौं।’ भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको उनले बताए।
‘विभिन्न तत्वले घुसप...


