×

समाचार

थप १३४३ जनामा कोरोना सङ्क्रमण, २१११ जना डिस्चार्ज

थप १३४३ जनामा कोरोना सङ्क्रमण, २१११ जना डिस्चार्ज
काठमाण्डौ – नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ । बिहीबार थप एक हजार तीन सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ११ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २० हजार एक सय ६१ पुगेको छ । अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ७६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । ...

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या
काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए । ‘आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो,’ सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।’ हुम्ला सदरमुकाम सिमकोटको माथिल्लो बजा...

निषेधाज्ञा तोडे पछि कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

निषेधाज्ञा तोडे पछि कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए। ‘उहाँ  ले सुरक्षा घेरा तोड्नुभयो,’ प्रजिअ आचार्यले भने, ‘नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका छौं।’ भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको उनले बताए। ‘विभिन्न तत्वले घुसप...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । महासंघको ५४ औ वार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूह...

रूकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

रूकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
रुकुम। रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ वर्षीया कालिभान नेपाली, ४८ का आइते नेपाली, ५१ का गोरे नेपाली र ६६ वर्षीय सार्की नेपाली रहेका छ्न । लालबहादुर नेपाली गम्भीर घाइते भएका छ्न । गाडी चिप्लिएर १ सय मिटर तल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठग...

थप १७०३ जनामा कोरोना पुष्टि

थप १७०३ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल १७ हजार २३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १७ लाख दश हजार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्...

गैँडाकोटमा शुक्रबार ५ घण्टा विद्युत अवरुद्ध हुने 

गैँडाकोटमा शुक्रबार ५ घण्टा विद्युत अवरुद्ध हुने 
गैँडाकोट। गैँडाकोट नगरपालिका वडानम्वर २ देखि ९ सम्मका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार ११ केभि गैँडाकोट फिडर अन्तर्गत पर्ने वडानम्वर २,३,४,५,६,७,८ र ९ नम्वर वडामा बिहान १० बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । नारायणघाट बुटवल सडक बिस्तारका क्रममा थुम्सी क्षेत्रमा रहेका बाँकी रुखहरु काट्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो । काम सम्पन्न भए तोकिएको समय अवधि अघिनै विद्युत सेवा सुचारु हु...

तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै

तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै
काठमाण्डौ – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी...

महिलामाथिका हिंसा रोक्न सम्बद्ध पक्ष जुटौं – राष्ट्रपति भण्डारी

महिलामाथिका हिंसा रोक्न सम्बद्ध पक्ष जुटौं – राष्ट्रपति भण्डारी
काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान गर्नुभएको छ । ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले महिलामाथि हुने घटना रोक्नका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन आह्वान गर्नुभएको हो । उहाँले कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेक...