×

समाचार

थप १९८० जनामा कोरोना संक्रमण

थप १९८० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ।२ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।त्यस्तै, अहिलेसम्म यसक...

 कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

 कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
काठमाण्डौ ।अहिले तराईका केही ठाउँमा बाक्लो कुहिरो लागेको छ । पहाडी भेगमा पनि कतै कतै सामान्य कुहिरो लागेको छ । चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार दिउँसो घाम लाग्दै गएपछि कुहिरो हट्दै जानेछ । आज दिउँसो देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । काठमाण्डौमा पनि आज दिउँसो हिजो अस्तिको जस्तो पारिलो घाम लाग्ने सम्भावना छैन । कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभाव देखिएको छ । ...

तल्लो तहका प्रहरी: पूरा बिदा पाउँदैनन्, अठार घण्टासम्म काम

तल्लो तहका प्रहरी: पूरा बिदा पाउँदैनन्, अठार घण्टासम्म काम
काठमाडौँ । मुलुकको शान्तिरसुरक्षा र अमनचयन कायम गर्न अग्रपङ्क्तिमा खटिने तल्लो तहका प्रहरी कर्मचारीले उचित सेवा, सुविधा र सम्मान प्राप्त गर्न सकेका छैनन् । प्रहरी कर्मचारीले आफ्नो बिदाको पूरा सदुपयोग गर्न पाएका छैनन् भने तोकिएभन्दा बढी समय कार्य क्षेत्रमा खटिन बाध्य भएको पाइएको छ । धेरैजसो प्रहरी दैनिक १२ देखि १८ घण्टासम्म कार्य क्षेत्रमा खटिन्छन् । वार्षिक प्राप्त हुने ४२ दिनको बिदामध्ये अधिकांशले १५ दिन मात्रै प्राप्त गरेको एक अध्ययनले देखाएको छ । बीचैमा आफ्नो पेशा छा...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते
कन्चनपुर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप ...

कोरोनाबाट मृत्यु हुनेको संख्या ९०० तलमाथि, कार्यदलको प्रतिवेदन अलपत्र

कोरोनाबाट मृत्यु हुनेको संख्या ९०० तलमाथि, कार्यदलको प्रतिवेदन अलपत्र
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्याबीच ठूलो अन्तर देखिएको छ । शुक्रबार बिहान १० बजेसम्म नेपाली सेनाको जंगीअड्डालाई विभिन्न पृतनाहरुले उपलब्ध गराएको तथ्यांक अनुसार २ हजार १७९ जना मृतकको शव व्यवस्थापन भइसकेको छ । यही समयमा स्वास्थ्य मन्त्रालयले भने एक हजार २७६ जनाको मृत्यु भएको अपडेट वेबसाइटमा दिएको थियो । यो आधारमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांक ९०३ जनाले फ...

आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जानकारी दिएको छ ।शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशका पहाडी भूभागका केहि स्थानमा आंशिक बदली रहेको छ। देशका अन्य भूभाग मा मौसम सामान्यता सफा रहेको छ।यसैगरी, शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।यस्तै, शनि...

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाण्डौ । छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन ...

कोरोनाबाट निको हुने दर बढ्यो, मनाङबाहेक सबै जिल्लामा सङ्क्रमण

कोरोनाबाट निको हुने दर बढ्यो, मनाङबाहेक सबै जिल्लामा सङ्क्रमण
काठमाण्डौ । कोरोनाबाट निको हुनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन् । निको हुने प्रतिशत ८५ दशमलव ८ पुगेको छ । तिहारमा परीक्षण कम भएसँगै नयाँ सङ्क्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ । हिजो एक हजार ४४२ जना सङ्क्रमित थपिएका र तीन हजार ५३८ जना निको भएका मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ । सक्रिय सङ्क्रमितको संख्या २८ हजार ८७८ छ । अहिलेसम्म एक हज...

आजदेखि छठपर्व सुरु

आजदेखि छठपर्व सुरु
काठमाण्डौ । आजदेखि छठपर्व सुरु भएको छ । भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजदेखि सुरु हुने भएको हो । अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले आज शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । पञ्चमी तिथिमा भोलि दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् । त्यसपछि घरको देवीदेउताको पूजामा चढाइएको खीर प्र...