×

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्याबीच ठूलो अन्तर देखिएको छ ।

शुक्रबार बिहान १० बजेसम्म नेपाली सेनाको जंगीअड्डालाई विभिन्न पृतनाहरुले उपलब्ध गराएको तथ्यांक अनुसार २ हजार १७९ जना मृतकको शव व्यवस्थापन भइसकेको छ ।

यही समयमा स्वास्थ्य मन्त्रालयले भने एक हजार २७६ जनाको मृत्यु भएको अपडेट वेबसाइटमा दिएको थियो । यो आधारमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांक ९०३ जनाले फरक रहेको पाइएको छ ।

यसअघि ३० असोजमा नेपाली सेना र स्वास्थ्यको मृत्युसम्बन्धी रेकर्डमा अन्तर रहेको विवरण समाचारमा  प्रकाशित भएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले चासो देखाएको थियो ।

लगत्तै स्वास्थ्य मन्त्रालयकी सह–सचिव शैलजा भट्टराईको अध्यक्षतामा दुई सरकारी निकायको तथ्यांक कसरी फरक भयो भन्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी का डा। वासुदेव पाण्डे र सीसीएमसीका सहायक रथी डा। अरुणकुमार न्यौपाने सदस्य थिए ।

मन्त्रालयको जनसंख्या महाशाखा प्रमुखसमेत रहेकी कार्यदल संयोजक भट्टराईले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रतिवेदन पेश गरिसकेको पुष्टि गरेपनि निष्कर्ष खुलाउन चाहिनन् ।

स्रोतका अनुसार अध्ययन कार्यदलले स्वास्थ्य मन्त्रालयको सूचना संयन्त्रमा कमजोरी औंल्याउँदै सच्याउनुपर्ने सुझाव दिइएको छ । ‘जिल्ला र प्रदेशबाट आउने रिपोर्टलाई सही ढंगले व्यवस्थापन गर्न सकिएन भन्ने प्रतिवेदनको सार हो’, स्रोतले भन्यो, ‘समितिले सेनाको तथ्यांकमा टेकेर कोभिड–१९ बाट मृत्यु हुनेको साझा संख्या निकाल्न सुझाव दिएको छ ।’

तर मन्त्रालयले हालसम्म कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छैन र, मृतकको तथ्यांक पनि सच्याएको छैन । संक्रमितको संख्या बढी देखिँदा सर्वसाधारणमा थप भय पैदा हुने सोचका साथ पनि संख्या सार्वजनिक नगरिएको मन्त्रालयका एक अधिकारीले दाबी गरे ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने कार्यदलको प्रतिवेदनपूर्ण रुपमा तयार भइनसकेकाले सार्वजनिक नगरिएको दाबी गरे । ‘प्रतिवेदनलाई रिकन्फर्म गर्ने काम भइरहेको छ, प्रदेशगत रुपमा विवरण जाँचिरहेका छौं’, गौतमले भने, ‘प्रमाणित भएपछि सार्वजनिक गर्छौं ।अनलाईन खबरबाट

तपाईको प्रतिक्रिया