कोरोनाबाट निको हुने दर बढ्यो, मनाङबाहेक सबै जिल्लामा सङ्क्रमण
काठमाण्डौ । कोरोनाबाट निको हुनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन् । निको हुने प्रतिशत ८५ दशमलव ८ पुगेको छ । तिहारमा परीक्षण कम भएसँगै नयाँ सङ्क्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ ।
हिजो एक हजार ४४२ जना सङ्क्रमित थपिएका र तीन हजार ५३८ जना निको भएका मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ । सक्रिय सङ्क्रमितको संख्या २८ हजार ८७८ छ । अहिलेसम्म एक हज...


