×

काठमाडौं । हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ।आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन ।एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग राधिकाले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।

 

तपाईको प्रतिक्रिया