×

विजय चालिसे

काठमाडौंः स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोना महामारि नियन्त्रणका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताउनुभएको छ । राज्य मन्त्री रावतले सरकारले नियन्त्रणको प्रयास जारी राखेपनि कोरोना संक्रमण बढिरहेको भन्दै आम सर्वसाधारणले स्वास्थ्यको मापदण्ड अपनाउनुपर्ने बताउनुभयो ।

राजधानीमा पत्रकारसँग कुरागर्दै उहाँले सबैको साझा प्रयासबाट मात्रै कोरोना नियन्त्रणमा आउने बताउदै मन्त्री रावतले स्वास्थ्यका सम्पुर्ण मादण्ड पालना गर्न आग्रह गर्नुभयो ।

सुरुवातमा केरोना परिक्षण गर्न बिदेश पठाउनुपर्ने बाध्यतालाई चिर्दै सरकारले अहिले ६४÷६५ स्थानबाट कोरोना परिक्षण गरिरहेको बताउनुभयो । आम सर्वसाधारणहरुको सल्लाह सुझाव अनुसार लकडाउन खुकुलो बनाएको भन्दै राज्यमन्त्री रावतले स्वास्थका सम्पुर्ण मापदण्ड पालना गरे फेरी देशव्यापी लकडाउन गर्नुपर्ने अबस्था नआउने बताउनुभयो ।

कोरोनका कारण अधिकाँस दिर्घरोगिहरुले ज्यान गुमाएको भन्दै उहाले दिर्घ रोगी र बालबालिकाहरु बढि सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया