
रुकुम। रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
आठबीसकोट नगरपालिका–८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ वर्षीया कालिभान नेपाली, ४८ का आइते नेपाली, ५१ का गोरे नेपाली र ६६ वर्षीय सार्की नेपाली रहेका छ्न । लालबहादुर नेपाली गम्भीर घाइते भएका छ्न ।
गाडी चिप्लिएर १ सय मिटर तल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठगबहादुर केसीले जानकारी दिए । गाडी चालक डिल्लीबहादुर नेपाली भने फरार भएका छन