×

भरतपुर । कोरोना भाइरस ९कोभिड–१९ का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवलकार बन्द गरिएको थियो ।

संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताउनु भयाे । ‘संस्कृति महाशाखाको मापदण्डलाई टेकेर मनकामना क्षेत्रलाइ कोभिड–१९ बाट सुरक्षित राख्न कार्यविधि तयार गरिसकेका छौ,’ उहाँले भन्नुभयो, ‘भक्तजनहरुले उक्त कार्यविधि अनिवार्य रुपमा पालना गर्नुपर्छ ।’ कार्यविधि अनुसार भक्तजनहरु लाइनमा बस्दा तीन फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ । मास्क अनिवार्य गरिएको गुरुङ बताउनुभयाे  । हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् ।

केवलकार पनि सञ्चालनमा आउने

मन्दिरसँगै केवलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संहारको काम सुरु भएको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल सेरचनले बताउनुभयाे । ‘मर्मत संहारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवयरको र सरसफाइको काम बाँकी छ, तीन दिनमा सबै काम सक्छौ,’ उहाँले भन्नुभयो । स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर एसओपी’ निर्माण गरिएको उहाँले जानकारी दिनुभयाे। उहाँका अनुसार केवलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ ।

 

तपाईको प्रतिक्रिया