नेकपा चितवनको पार्टी कार्यालयमा संस्थापन पक्षद्वारा ताला
चितवन, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । ओलि पक्षीय युवाहरुले आज शनिबार बिहान कार्यालयमा तालाबन्दी गरेका हुन् ।कार्यालयमा सूचना टाँसी तालाबन्दी गरिएको हो ।
सूचनामा लेखिएको छ – “स्वर्गीय जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद मूल सिद्धान्त अंगकार गरेको तत्कालिन नेकपा (एमाले) र फरक सिद्धान्त बोकेको नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । एकीकरणको हर्ष बोकेका हामील...


