×

समाचार

बेलायतबाट नेपाल प्रवेशमा प्रतिबन्ध

बेलायतबाट नेपाल प्रवेशमा प्रतिबन्ध
काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपराह्न बसेको कोभिड नियन्त्रणसम्बन्धि बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ। पुस १ गतेयता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्यारेन्टिन बसी जाँच गरेपछि मात्र घर तथा गन्तव्य जान पनि अनुरोध गरेको छ। यस्तै आ...

आगामी चुनावमा दुई तिहाई ल्याउँछौं : प्रधानमन्त्री ओली

आगामी चुनावमा दुई तिहाई ल्याउँछौं : प्रधानमन्त्री ओली
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले केन्द्रीय कमिटी विस्तार गरेका छन् । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ र २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा...

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु

टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु
दाङ । टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले आइसियूमा उपचाररत् थापाको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जानकारी दिए। शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं। ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उ...

लोकतन्त्र चाहनेले निर्वाचनको विरोध गर्दैन  : प्रधानमन्त्री ओली

लोकतन्त्र चाहनेले निर्वाचनको विरोध गर्दैन  : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने बताएका छन्।निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको उल्लेख गर्दै आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले सरकारले के गर्नुपर्छ भन्नुहोस् पैसा चाहिए उहाँलाई भन्नुहोस् भनेर अर्थमन्त्री तिर औँला देखाउनुभयो, एक आयुक्तले  भने, सुरक्षाको काम केही आवश्यक भए उहाँ गृहमन्त्रीलाई भन्नुहोस् भनेर भन्न...

बुढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला

बुढानीलकण्ठ मन्दिर आइतबारदेखि भक्तजनका लागि खुला
काठमाण्डौ – विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बुढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ । कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिनुभयो ।  

 ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

 ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
कैलाली । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । दुर्...

सभामुख सपकोटाको मुद्दामा पेशी तोकियो

सभामुख सपकोटाको मुद्दामा पेशी तोकियो
काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेशीमा चढाएको छ ।सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् । यो मुद्दा विचाराधीन रहेकै ...

६५ वर्ष पुगेका पत्रकारलाई मासिक १० हजार भत्ता

६५ वर्ष पुगेका पत्रकारलाई मासिक १० हजार भत्ता
बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्। ‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताएका हुन्। उनले महासङ्घको पहलमा पाँच करोड ३४ लाख रूपैयाँको ‘पत्र...

श्रीराम सुगर मिल्सले आजदेखि उखु किसानको भुक्तानी दिने, पुस ८ भित्र सम्पूर्ण भुक्तानी गरिसक्ने

श्रीराम सुगर मिल्सले आजदेखि उखु किसानको भुक्तानी दिने, पुस ८ भित्र सम्पूर्ण भुक्तानी गरिसक्ने
नवलपुर । उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले आजदेखि भुक्तानी दिन सुरू गर्ने जनाएको छ। सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ । सो मिल्सले बिहीबार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ।सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ। रासस