Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

कैलाली । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

दुर्घटनामा परी कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी सामान्य घाइते छन् ।ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया