×

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेशीमा चढाएको छ ।सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् । यो मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।त्यही मुद्दाको पेशी शुक्रबार तोकिएको छ ।

तपाईको प्रतिक्रिया